हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलको उद्घाटन भएको छ ।

सोमबार सम्म सञ्चालन हुने खेलमा आज ५३ केजी मुनीको महिला तर्फ धादिङको प्रतिका तामाङलाई हराउदैं सिन्धुपाल्चोककी अन्जली तामाङ फाइनल प्रवेश गरेकी छिन् भने दोलखाका अनुका जिरेललाई हराउदैं काठमाडौंकी रमिला रोक्का फाइनल प्रवेश गरेकी छिन् ।

त्यस्तै, ५४ केजी मुनीको पुरुषतर्फ मकवानपुरका विप्लव वाईवालाई हराउदैं काभ्रेका रोशन केसी फाइनल प्रवेश गरेका छन् भने भक्तपुरका सञ्जय लामालाई हराउदैं दोलखाका रोशन खत्री फाइनल प्रवेश गरेको खेल संयोजक माधव कोइरालाले बताए । उनले विभिन्न चरणहरुका खेल खेलाउदैं फाइनल प्रवेश गरेको बताए । बाकीँ खेल आइतबार हुनेछ ।

खेल संयोजक माधव कोइरालाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख अतिथ्यतामा तेक्वान्दो खेलको सुरुवात भएको हो । कार्यक्रममा परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी, सदस्यहरु माधव तिमल्सिना, हिक्मत थपलिया, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठ, जिल्ला तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकाजीरत्न बज्रचार्य लगायतको आतिथ्यता रहेको थियो ।