हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ११ मा बिद्युत जडानका लागि ट्रान्सफर्मर राखिएको छ ।

देउराली र घट्टेखोलामा बिद्युत बिस्तार गर्न ट्रान्सफर्मर राखिएको हो । ट्रान्सफर्मर राखिएपछि यहाँको गाउँमा बत्ती बल्ने भएको छ ।

घरमा बत्ति बल्ने भएपछि यहाँका जनता खुसी भएको वडा नम्बर ११ का वडा अध्यक्ष गोपालबहादुर न्यासुरले बताए । उनले जनताको खुसी नै आफ्नो खुसी भएको भन्दै सामाजिक संजालमा पोष्ट समेत गरेका छन ।