हेटौंडा । वैशाख ३० गते हुने स्थानीय निकायको चुनावको पुर्व तयारीका लागि नेपाली काग्रेस मकवानपुरले चुनावी अभियान तीव्र पारेको छ ।

घर घर जाऔं काग्रेस जिताऔं अभियान अन्र्तगत मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर ११ मा चुनावी अभियान अन्र्तगत नेपाली काग्रेस बकैया ११ वडा पार्टी कार्यालय उद्घाटन गरिएको हो । नजिकिदै गरेको स्थानीय चुनावमा जित हासिल गर्नका जनताको घरघरमा पुगेर प्रचारप्रसार तीब्र पारिएको छ ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष तथा नेपाली काग्रेसका नेता दामोदर खनाल, बकैया वडा नम्बर ११ का वडा अध्यक्ष तथा नेपाली काग्रेसका नेता गोपाल बहादुर न्यासुर तथा नेपाली काग्रेसका नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Visited 363 times, 1 visit(s) today