हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ६ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार फुलबहादुर भोम्जनले ८ सय ३४ मत पाएर विजयी भए । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार वडा अध्यक्षका आकांक्षी नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर बलले ५ सय ३६ मत पाउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार बागसिं भोम्जनले ४ सय ३९ मत पाए ।

वडा सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु रामबहादुर मुक्तान र विचारमान जिम्बा, योगमाया बिश्वकर्मा, माइलीमाया लोप्चन विजयी भएका छन् । ६ नम्बर वडाबाट गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सरला बोलखेले ७ सय ९४ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धर्मप्रसाद लामिछानेले ७ सय ९३ मत पाएका छन् । यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्त खत्रीले ७ सय ३ मत पाउँदा नेकपा एमालेका लालबहादुर स्याङ्तानले ८ सय २१ मत पाएका छन् ।