संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका

गाउँपालिकाको केन्द्र : चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ, सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

(गाउँपालिका केन्द्र चैनपुरको भुस्थान विवरण :- अक्षान्तर :27°32’53.19”NL देशान्तर : 84°50’39.13”EL)

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो | यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

स्रोतः https://raksirangmun.gov.np/