हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमश नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगण्ना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २९२ मत सहित विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ प्राप्त गर्दै पराजित हुन पुगिन ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धन तर्फका नेकपा माओवादीका उम्मेदवार भक्त बहादुर खत्री ९ हजार ५२२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत ल्याए ।