![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2023/12/Prithibiman-Gurung-Gandaki-pradesh-pramukha.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2023/12/Prithibiman-Gurung-Gandaki-pradesh-pramukha.jpg)
काठमाडौं। बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाएका छन् ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई तोकेका हुन् ।
बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ गतेदेखि मंसिर २१ गतेसम्म चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।
बागमती प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी गण्डकी प्रदेश प्रमुख गुरूङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्