हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा गएका छन । पाँच सदस्यीय टोलीसहित शनिवार उनी ६ दिनका लागि चीन भ्रमणका लागि प्रस्थान गरेका हुन ।

प्रमुख यही २१ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । प्रमुखको भ्रमण टोलीमा प्रमुख शर्मा पत्नी उर्मिला चौलागाईँ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र प्रदेश प्रमुुखको कार्यालय बागमती प्रदेशका उप सचिव गोविन्द प्रसाद पौडेल रहेका छन ।

जनवादी गणतन्त्र चीनको युनान प्रदेशबाट प्रदेश प्रमुख शर्माको नेतृत्वमा पाँच सदस्य भ्रमण टोलीलाई भ्रमणको लागि निमन्त्रण भई आएकाले टोली चिन प्रस्थान गरेको हो ।

भ्रमणबाट बागमती प्रदेश र जनवादी गणतन्त्र चीनका युनान प्रदेशबीच मित्रवत सम्बन्ध स्थापित भई कृषि पर्यटन लगायतका क्षेत्रमा आपसी सहयोगको वातावरण सृजना हुने अपेक्षा गरिएको छ ।

बागमती प्रदेश प्रमुख शर्मा वैदेशिक भ्रमण चीनमा रहेकाले यस अवधिको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाएका छन । बागमती प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेश प्रमुख गुरूङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।