हेटौंडा । हेटौंडाका युवा नेता, व्यवसायी तथा संचारउद्यमी नवराज खतिवडा वडा अध्यक्षमा उठ्ने भएका छन ।

अनिरुद्र खबर संग कुराकानी गर्दै उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा उठ्ने तयारी गरेको बताए । उनले लामो समय राजनीतिमा लागेको र अब वडाको थप विकास गर्नको लागि आफु वडा अध्यक्षमा उठ्ने तयारी गरेको बताए ।

सक्षम र योग्यताको आधारमा वडा अध्यक्षका लागि आफु योग्य उम्मेद्वार रहेको उनले बताए । उनले वडा अध्यक्षको टिकट पाए वडामा विकास गर्न बाँकी रहेका क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाए । उनले हेटौंडा ७ को शैक्षिक क्षेत्रको विकास र त्यहाँका स्थानीयलाई रोजगारी संग जोड्ने प्रतिवद्धता जनाए ।

खतिवडा २०५५ सालदेखि नेकपा एमालेको संगठित सदस्य हुन् । उनी पार्टीको बिभिन्न तह र तप्कामा बसेर जिम्मेवारी पुरा गरिसकेका नेता हुन । उनले युवा संघ ७ नम्बरको अध्यक्ष, नगर अध्यक्ष, जिल्ला कोषाध्यक्ष, ७ नम्बर एमाले वडा सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन । उनी हाल नेकपा एमाले नगर उपाध्यक्ष पनि हुन ।

उनी राजनीतिक क्षेत्रमा जति सक्रिय छन्, त्यति नै उनी व्यवसायी क्षेत्रमा पनि कहलिएका हेटौंडाका व्यवसायी हुन । उनले राजनीतिक जीवन संगै व्यवसायी यात्रा पनि गरेका छन । उनी संचार उद्यमी पनि हुन ।

उनले करिव २ सय बढीलाई रोजगारी दिएका छन । सफल व्यवसायीका रुपमा कहलिएका खतिवडाले घरदैलो फोहर संकलन सेवा हेटौंडा उपमहानगरपालिका, जितपुर, सिमरा, निगजढ, लालबन्दीमा सेवा विस्तार गरेका छन । उनी सामुदायिक केवलका संचालक तथा हेटौंडाको पुरानो टिभी टिम टिभीका अध्यक्ष पनि हुन् ।