हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयरका नेपाली कांग्रेसका राजेश बानियाँ अग्र स्थानमा रहेका छन ।
पछिल्लो मत परिणामको आधारमा कांग्रेसका उम्मेदवार बानियाँले एमालेकी उम्मेदवार सुमित्रा काफ्लेलाई निकै पछि छोडेका छन् । विहान ८ बजे प्राप्त मतका आधारमा बानियाँले अर्का प्रतिष्पर्धी काफ्लेलाई ३ हजार भन्दा बढी मतान्तरले पछि पारेका हुन् । बानियाँले ९ हजार ४ सय ६२ मत पाउँदा उप मेयर एमालेका प्रत्यासी काफ्ले ६ हजार ३ सय ५६ मत पाएकी छन् ।
निर्बाचनको अन्तिम परिणाम आइसकेका हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा बानियाँले १ हजार ४ सय १७ मत पाउँदा काफ्लेल १ हजार १ सय ३३ मत पाएकी थिइन । यस्तै वडा नम्बर २ मा पनि बानियाँले काफ्लेलाई झन्डै डबल मतले पछि पारेका छन् । यहाँ बानियाँलाई १ हजार २५ मत प्राप्त हुँदा काफ्लेले ५ सय ३५ मत प्राप्त गरेकी छन् ।
यसैगरी वडा नम्बर १८ मा बानियाँले १ हजार ३ सय २४ मत पाउँदा अर्का प्रत्यासी काफ्लेले १ हजार १ सय ७९ मत पाएकी छन् । यस्तै मत परिणाम सार्वजनिक भइसकेको अर्को वडा नम्बर १९ मा पनि बानियाँ काफ्ले भन्दा अगाडी छन् । उनले १ हजार ५ सय ६८ मत पाउँदा काफ्लेले १ हजार ३ सय ८८ मत मात्रै पाईन ।
अहिले गणना भइरहेका वडाहरु ४, ५, ६, १६, १७ मा पनि उपमेयरका उम्मेदवार राजेश बानियाँ एमालेका उम्मेदवार सुमित्रा काफ्ले भन्दा निकै अगाडी देखिएका छन् ।












प्रतिक्रिया दिनुहोस्