काठमाडौँ । एकसाता निरन्तर घटेको शेयर बजार आज उच्च अंकले बढेको छ ।

शेयर बजार गत साताको सोमबारदेखि लगातार घटिरहेको थियो । तर यो साताको दोस्रो दिन सोमबार नेप्से उचालिएसँगै कारोबार रकम पनि बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५५.८८ अंकले बढेको हो । २.७८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६५.८९ अंकमा उक्लिएको छ ।

आज २१५ कम्पनीका ६० लाख २६ हजार १ सय ९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय १२ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजारमा उछाल आएको दिन आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा भढी निर्जीवन बीमा समूह २५४.१९ अंकले बढेको हो । आज श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिप्रपोज फाइनान्स र राधी विद्युत कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको छ भने अरु १० कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । यता रिडी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड २ लाख ५२ हजार ३ सय ६७.१० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन हिजो २७.९२ अंकले बजार घट्दा १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपियाँ बराबरको कारोबार भएको थियो ।