हेटौंडा । सव डिभिजन वन कार्यालय, हर्नामाडीको आयोजनामा हेटौंडा–१८ ठूलोदमारमा रहेको ज्योति सामुदायिक वन समूहको सभाहलमा बुधवार एक दिने लेखा ब्यवस्थापन तथा माईनुट लेखा तालिम भएको छ ।
सव डिभिजन वन कार्यालय, हर्नामाडीको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो । तालिममा लेखा ब्यवस्थापन र माईनुट लेख्ने विधिको बारेमा जानकारी गराईएको थियो ।
तालिममा समूह सञ्चालनको लागि गर्नु पर्ने लेखा ब्यवस्थापन, वन पैदावार विक्री वितरणको रेकर्ड, योजना तर्जुमाको विधि, विभिन्न निकायहरुसँग गर्नु पर्ने समन्वय, समूहमा राख्नु पर्ने आयव्यय विवरण, समूहको साधारणसभा, परिवर्तित वन ऐन २०७६ र वन नियमावली २०७९, समूहको विधान कार्ययोजना, वन ब्यवस्थापन, सदुपयोग, सामाजिक कार्यहरु, वन उद्यम, पर्यापर्यटन, वनडढेलो नियन्त्रण लगायतका विषयहरुमा डिभिजन वन कार्यालय, हर्नामाडीकी प्रमुख सविना रिजाल, सहायक वन अधिकृत दीपक प्रसाद पुडासैनी र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।
तालिममा ज्योति सामुदायिक वनका अध्यक्ष रामबाबु खतिवडा र चुच्चेखोला सामुदायिक वनकी सचिव राधिका बिडारीले तालिम समूह सञ्चालनको लागि उपयोगी भएको बताए । तालिममा सव डिभिजन वन कार्यालय, हर्नामाडी अन्तरगत रहेको विभिन्न सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ३० जनाको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्