हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको बसपार्कबाट लागूऔषध बरामद गरेको छ । प्रहरीले हेटौंडा उमहानगरपालिका वडा नं. १० बसपार्कबाट लागूऔषध बरामद गरेको हो ।

गस्ती गर्ने क्रममा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले बासपार्कको टर्मिनलको पेटिबाट लागूऔषध फेनरागन ६०० एम्पुल, नुरफिन ६०० एम्पुल र डाईजोपाम ६०० एम्पुल बरामद गरेको थियो ।

बरामद भएको लागूऔषध कसले राखेको हो भन्ने बारे आवश्यक अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।