हेटौंडा । सालको रुखबाट खसेर हेटौंडामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार सालको रुख काट्न रुखÞ चढेका युवकको खसेर मृत्यु भएको हो ।

बुधवार अपरान्ह हेटौंडा–१९ बुद्धचोक बस्ने अन्दाजी २५/२६ बर्षका कुमार स्याङ्तानको घर नजिक रहेको जलेश्वर सामुदायिक वनमा सालको रुखबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

रुखमा चढेका उनी एक्कासी भुईमा खसेका थिए । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । शवको आवश्यक मुचुल्का उठाई हेटौंडा अस्पतालमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।