हेटौंडा । मदन भण्डारी फाउण्डेसन मकवानपुरले यो वर्षको “श्रीचन्द्र शर्मा स्मृति सम्मान” हेटौंडा–९, निवासी समाजसेवी ईश्वरी प्रसाद न्यौपानेलाई प्रदान गरेको छ ।

फाउण्डेसनका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापना गरिएको नगदसहितको उक्त सम्मानबाट न्यौपानेलाई सम्मानित गरिएको हो । मदन भण्डारी फाउण्डेशन मकवानपुरले संस्थापक अध्यक्ष शर्माको स्मृतिमा अक्षय कोष स्थापना गरेर अघिल्लो वर्षबाट नगदसहितको सम्मान प्रदान गर्न सुरु गरेको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेसनका केन्द्रिय सदस्य डोरमणि पौडेलले नगद १५ हजार ५५५ रुपैयाँसहितको सम्मान हस्तान्तरण गरे ।

फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेसनका प्रदेश कमिटी सदस्य जुनेलीमाया श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठ, रामचन्द्र अर्याल, श्रीचन्द्र पौडेलका धर्मपत्नी सिता पौडेल लगायतको उपस्थिति रहेको थियो ।