हेटौंडा । अत्यधिक गर्मी बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गरि हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रमा एक साता बन्द गरेको विद्यालय पुन दुइ दिन थप गरि बन्द यथावत राखेको छ ।

अत्यधिक गर्मी बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गरि विद्यालय एक साता बन्द गर्ने निर्णय भएको हो । अत्यधिक गर्मी बढेकाले अभिभावकबाट गुनासो आएकोले पुनः २ दिन थप गरेरे विद्यालय २९ गतेसम्म बर्खे बिदाबाट मिलान हुनेगरी बिदा गरिएको जनाइएको छ ।

शिक्षा महाशाखा शाखा अधिकृत रमेश विडारीले एक विज्ञप्ति प्रकाशित गर्दै बिदा २ दिन थप गरेको उल्लेखक गरेका हुन् ।२९ गते पनि विहानको समय वा अनुकूल समया पठनपाठन यथावत गर्न पनि भनिएको छ ।

विद्यालय विदा रहेको समयमा बालबालिकालाई दिउँसो घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षितरुपमा रहने व्यवस्था मिलाउन, बालबालिकालाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने, बालबालिकालाई पोषणयुक्त खाना खुवाउने, जंकफुड, स्वास्थ्यलाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नदिन, नखुवाउन, स्वच्छ पानी पिउने व्यवस्था मिलाउन पनि महाशाखाले आग्रह गरेको छ ।