हेटौंडा । लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगर आयोजनामा थाहा नगरपालिकाको डाडाँगाऊमा रहेको गोरखनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।
लायन्स क्लब बर्ष २०२३/२०२४ को पहिलो कार्यक्रम अन्तरगत मन्दिर सरसफाइ कार्यक्रम आयोजना गरिएको लायन्स क्लब थाहाका सचिब निरज रायमाझीले बताए । कार्यक्रममा लियो क्लव अफ पिस थाहानगरका बर्ष २०२२/२०२३ का अध्यक्ष निशा बिष्टको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ थाहा पिसको बर्ष २०२२/२०२३ का नवनिर्वाचित अध्यक्ष गिता कार्की, कोषाध्यक्ष दिपेन्द्र कुमार थिङ,सदस्य दिपक कार्की तथा लियो कल्वका पूर्व अध्यक्ष गणेश बिष्ट लियो २०२३/२०२४ का अध्यक्ष रोशनी गोपाली, सचिव प्रेरणा खत्री, कोषाध्यक्ष लियो स्मिता बिष्ट लगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्