हेटौंडा । हेटौंडा–६ मा रहेको दिब्यनगर टोल विकास संस्थाले आयोजना गरेको एकदिने आँखा शिविरमा १३० जनाले सेवा लिएका छन ।
हेटौंडामा रहेको सफल फार्मेसी एण्ड आई क्लिनिकको प्राविधिक सहयोगमा भएको शिविरमा ९० जना महिला ४० जना पुरुष गरि १३० जनाले सेवा लिएका हुन । शिविरमा १३ जनामा मोतीयाँ विन्दुको समस्या देखा परेको थियो ।
शिविरमा बरिष्ठ नेत्र अधिकृत डा.दमन अधिकारीले आँखा जाच गरेका थिए । शिविरको उदघाट्न गर्दै हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले आँखा शिविरको लागि वडा कार्यालयले सहयोग गर्ने बताउँदै सामाजिक उत्तरदायित्व अन्तरगत दिब्यनगर टोल विकास संस्थाले उदाहरणीय काम गरेको बताए ।
टोल विकास संस्थाका अध्यक्ष दीपक ढकालको अध्यक्षतामा भएको आँखा शिविरमा वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, मुना बिक., रानी सामुदायिक वनका सदस्य सूर्यप्रसाद दुलाल, सञ्चारकर्मी भीमसेन पोडेल लगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्