हेटौंडा । पौडी खेल्ने क्रममा हेटौंडा–१० स्थित राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

साथीहरुसंग पौडी खेल्ने क्रममा नाम थर नखुलेका एक व्यक्तिको मृत्यु भएको हो । मंगलवार दिउँसो राप्ती खोलामा ३,४ जना युवाहरु समूह पौडी खेली रहेको र एक जना डुवेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली पुगी उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाइएको र उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान भइरहेको र सोधपुछका लागि ४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।