हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र.३–०२–०१२प १८५७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०३–००३प ४२८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी ४२८२ नम्बरको मोटरसाइकल चालक चालक हेटौंडा उपमहानगरपालिका–९ बस्ने ३६ बर्षीय राम खतिवडा घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्