हेटौंडा । रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित एकता महिला आयआर्जन समूह, मकवानपुरगढी–४ कालीखोलाको प्रथम वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यसमिति सदस्य शत्रुघन दुलालको प्रमुख आतिथ्यता एवम महिला समूहकी अध्यक्ष गौरी सुवेदीको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा अध्यक्ष सुवेदीले प्रगति एवम आर्थिक प्रतिवेदन पेश गरेकी थिईन । साधारणसभामा कर्जा लगानी २ लाख २७ हजार र बचत संकलन १ लाख ६२ हजार रहेको जानकारी गराईएको थियो । रानी सामुदायिक वनले बीउ पूँजी १ लाख ४१ हजार उपलब्ध गराईएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
१७ जना महिलाहरु आवद्ध रहेको समूहमा १ लाख रुपैयाँ बैंक मौज्जाद रहेको छ । साधारणसभामा उत्कृष्ट कारोवारी यदुमाया लोप्चनलाई पुरस्कृत गरिएको थियो । साधारणसभामा समूहका सल्लाहकार कृष्ण बिडारी, कार्यालय सचिव भीमसेन पौडेल, वनहेरालु हरिचन्द्र सापकोटा कल्पना गौतम, सिर्जनशिल समाज सहकारीकी ब्यवस्थापक विमला न्यौपाने, समूहका सदस्य लगायतको सहभागिता थियो ।


भीमसेन पौडेल 








प्रतिक्रिया दिनुहोस्