हेटौंडा ।हेटौंडा –१५ जातेमा रहेको चुरेकाँड सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।
हेटौडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानको पष््रमुख आतिथ्यता एवम समूहका अध्यक्ष पदम बहादुर लो को सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष लो ले संस्थागत प्रतिवेदन र चालु आव ०८०/०८१ को लागि करिव ४८ लाखको अनुमानित बजेट र कोषाध्यक्ष हिरा हिरा पुलामीले आव. ०७९/०८० को लेखापरिक्षण प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरे, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर पाख्रिन, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, समूहका सचिव सिह बहादुर विश्वकर्मा, समूहका पूर्व उपाध्यक्ष नर बहादुर विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
अधिकांश तामाङ समुदायको बसोवास रहेको यो समूह ३ स १३ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने घरधुरी संख्या २ सय २० रहेको छ ।















प्रतिक्रिया दिनुहोस्