हेटौंडा । हेटौंडा–१५, रातोमाटेमा विहीवार बिहान क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चुरियामाईबाट हेटौंडा आउँदै गरेको ना १ क ६०५५ नम्बरको हाइड्रा क्रेन आफै अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सहचालक पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका–३० बिश्रामपुर बस्ने १८ बर्षीय बिपिन महत्तोको मृत्यु भएको छ । क्रेनले च्यापिएरको अवस्थामा उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाइएकोमा महत्तोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा क्रेन चालक पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका लालपर्सा बस्ने ३० बर्षीया दशरथ पासवान सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।