हेटौंडा । हेटौंडा–७, देवीवन टोलस्थित गोकुलनाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा बिहीवार साँझ नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४ लाख ६५ हजार ३९० रुपैयाँ नगद बरामद गरेको हो ।

पक्राउ पर्नेमा हेटौँडा–७ बस्ने गोकुलनाथ पौडेल, रुपक चौलागाई, बिरेन्द्र खत्री, सबिन चौलागाई, हेटौँडा–८ बस्ने अजय खड्का, मंदिप पौडेल, रोहित कुमार केबी, भरत तितुङ र हेटौँडा–१५ बस्ने ओम घलान रहेका छन ।

हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा मकवानपुर प्रहरीले चार बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवा ऐन अन्र्तगत कार्वाही हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।