हेटौंडा । पालुङ जेसीजले नेपाल जेसीज अन्तरगतका शाखा कोषाध्यक्षहरुको फेलोसिप मिट आयोजना गर्ने भएको छ ।

आगामी कात्तिक १७ र १८ गते थाहा नगरपालिका वडा नं. २ फाँटबजार स्थित ‘डाँडाँघरे बाको होमस्टे’ मा फेलोसिप मिट हुने पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्कीले बताए ।

कार्यक्रमको मकवानपुर जिल्लमा रहेका ८ वटा शाखाको सहआयोजना रहनेछ । मकवानपुरमा पालुङ जेसीजको साथै, हेटौंडा जेसीज, हेटौंडा लेडी जेसीज, बसामाडी जेसीज, बस्तीपुर जेसीज, बकैया जेसीज, मकवानपुरगढी जेसीज, चैनपुर जेसीज क्रियाशिल छन् ।

कार्कीका अनुसार फेलोसिप मिटमा नेपाल जेसीज अन्तरगत १७८ वटा शाखाका कोषाध्यक्षहरु लगायत शाखाका पदाधिकारीहरु र नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता हुनेछ । हालसम्म ५० जना भन्दा बढीको रजिष्ट्रेसन भईसकेको कोषाध्यक्ष कार्कीले जानकारी दिए ।

कार्यक्रममा मकवानपुरको र थाहा नगरको पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराईनुका साथै थाहा नगरको अध्ययन अवलोकन गराईने छ । थाहानगरको पर्यटन प्रवद्र्धनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए ।

कार्यक्रमकै अवसरमा चित्लाङमा प्याराग्लाईडिङ, पालुङ आग्रा पदयात्रा, कुलेखानी ईन्द्रसरोबरमा बोटिङ गर्न सकिने पनि आयोजकले बताएको छ ।

राज कुमार के.सी.
थप जानकारी