हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.२ उद्योग वाणिज्य संघ अगाडिबाट आइतबार राति घाइते अवस्थामा एक जनाको उद्दार गरिएको छ ।

पहिचान नखुलेको अन्दाजी ४५ बर्षीय पुरुषको शरिरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा प्रहरीले उद्धार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । पुरुषको टाउको र आखाँमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । उनको हेटौंडा अस्पतालमा पठार्ईएकोमा उपचार संभव नभएपछि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी हेटौंडा बजारको सडकमा रहेको प्यास्टिक जन्य सामाग्री टिपेर जिविको पार्जन गर्दै आईएका थिए ।