हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङमा कुटपिटबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही स्थान बस्ने ३० बर्षीय पुजन राउत रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति मदिरा सेवन गरिहेको अवस्थामा बिवाद हुँदा आफ्नै साथीहरुबाट राउत कुटिएका हुन् । कुटपिटबाट उनी मध्यम घाइते भएको र उनको उपचरका लागि भरतपुरतर्फ पठाईएको प्रहरीले जनाएको छ ।

संगै मदिरा सेवन गरेर साथीलाई कुट्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको बताईएको छ ।