हेटौंडा । बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गएराती कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहत, उद्धार र पुन: निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र राहतका लागि सो रकम उपलब्ध गराइने जानकारी दिएका छन् ।