हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.१९ बस्तीपुरबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडा डेरा गरी बस्ने २१ वर्षीय सन्तेन लामा रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लेवटबाट खटिएको टोलीले गत शनिबार राती १० बजेको समयमा लामाको कोठामा छापा मारेको थियो । उनको कोठाबाट लागूऔषध स्टेगन ४७ पत्ता १७ ट्याब्लेट (४८७ ट्याब्लेट), ट्रामाडोल १४ पत्ता २ ट्याब्लेट (१४२ ट्याब्लेट)सहित नगद १५ हजार दुई सय रुपैयाँ र थान एक मोबाइल बरामद गरिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

लामालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।