हेटौंडा । रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश सवार स्कारपियो दुर्घटनामा परेको छ ।

काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना १ झ १७०२ नम्बरको सरकारी स्कारपियो आज सोमबार बिहान ४ बजे मकवानपुरको बकैया-११ स्थित कान्तिलोकपथको शिरुडाँडामा दुर्घंटना भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कारपियोमा कटहरियाका नगरप्रमुख प्रकाश र स्कारपियो चालक रहेका थिए । उनीहरु सामान्य घाइते भएका थिए ।

स्कारपियो आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सरकारी स्कारपियो गाडीको अगाडीको भागको सिसा फुटेको र दिउँसो उक्त गाडीलाई मर्मतका लागि ग्यारेज पठाइएको प्रहरीले जनाएको छ ।