![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2023/11/CDO-office-makwanpur-1024x683.jpg)
हेटौंडा । चाडपर्वमा कालोबजारी गर्नेलाई कारवाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतवार साँझ सूचनाजारी गर्दै आसन्न तिहार, छठ लगायतका चाडपर्वमा बजारमा हुनसक्ने कालोबजारी रोक्ने प्रयास थालिएको छ ।
प्रशासनले जारी गरेको सूचनामा जम्माखोरी, अस्वभाविक मूल्यवृद्धि, मिसावट, अखाद्य एवं म्याद नाघेका वस्तुहरूको विक्री वितरण लगायत प्रचलित उपभोक्ता कानून एवं हित विपरितका काम गरे प्रशासनमा सूचना, गुनासो, उजुरी गर्न आग्रह गरिएको छ ।
अनियमित कार्य, ठगि वा गलत क्रियाकलाप, गैर कानूनी गतिविधि गर्ने व्यक्ति÷फर्म÷उद्योगहरूको नाम, ठेगाना सहितको विवरण सहित उजुरी गर्न सकिने उल्लेख छ । प्रशासनले नियम विपरित भएका कामको भाइबर र ह्वाट्एप मार्फत सूचना तथा जानकारी पठाउन सकिने व्यवस्था गरेको हो ।
जिल्लामा कालोबजारी, अनावश्यक मूल्यवृद्धि, म्याद गुज्रेका सामान विक्री, चोरी निकासी, सार्वजनिक सवारीमा तोकिए भन्दा बढी भाडा असुल गरेमा, होटलहरू र तयारी खाद्य सामग्री, मासु र विक्री वितरणका बिषय, बिलविजक बिना सामग्री ढुवानी तथा बजारमा वितरण गरेमा कार्वाही गरिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्