हेटौंडा । हेटौंडामा स्कुटरको ठक्करबाट एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा हेटौंडा उपहागरपालिका वडा नं.४ बस्ने ५५ बर्षीया सुशिला न्यौपाने रहेकी छन् ।

सिमाचोकबाट कर्रा जादै गरेको बा ७५प ४४८७ नम्बरको स्कुटरले हेटौंडा–४ स्थित रानीदरबारमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएकी महिलाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने स्कुटर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।