हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ लेवटबाट मंगलवार लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नं.१२ बस्ने ३० बर्षीय महेश महतो र सोही स्थानका ३३ बर्षीय अजय लामालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट चितवन जाँदै गरेको ना ८ प ५४६७ नम्बरको मोटरसाइकलमा सवार महतो र लामालाई लागुऔषध कोरेक्स–३ बोतल र नाईट्राभेट–४५६ ट्याब्लेट सहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सञ्चार शाखाले जनाएको छ ।

मोटरसाइकल सहित दुबै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।