हेटौंडा । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेलद्वारा स्वर्गीय पिता जगनाथ पौडेलको स्मृतिमा स्थापित छात्रवृति बंशगोपाल मावि.चौघडामा कक्षा ११ मा अध्ययनरत शान्तिकुमारी शाह र पवित्रा अधिकारीलाई प्रदान गरिएको छ ।

यसैगरि समाजसेवी तथा सञ्चारकर्मी भीमसेन पौडेलले आफनी स्व.धर्मपत्नी दुर्गादेवी पौडेलको स्मृतिमा स्थापित छात्रवृति मामाघर नेपालमा आश्रय लिई आनन्द भैरब आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत श्रवण पहाडी, बंशगोपाल मावि, चौघडामा कक्षा ९ मा अध्ययनरत आश्मा राजभण्डारी र भानु मावि, मक्रान्चुलीमा कक्षा १० मा अध्ययनरत पूजा दाहाललाई प्रदान गरिएको छ ।

छात्रवृति रकम जनही ५ हजार रहेको छ । उक्त रकम निजहरुका आमा कृष्णकुमारी पौडेलले वितरण गरेका थिए ।