हेटौंडा । हेटौंडा–२, चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र शनिवार एकजना पुरुषको शव फेला परेको छ ।

अन्दाजी ५४ बर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा खाद्य संस्थानको कोठाभित्र शव फेला परेको हो । उनको पहिचान नखुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

हेटौंडा बजारमा प्लाष्टिक बटुल्दै हिड्ने उहाँ शनिबार बिहान मृत फेला परेका थिए । घटनास्थलबाट मुचुल्का पश्चात शव हैटौँडा अस्पातलमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।