हेटौंडा । ‘सबै ढकाल एक परिवार’ भन्ने मुल नाराका साथ हेटौंडा–२, वनस्खण्डीमा ढकाल समाज प्रतिष्ठानको कुल पुजा तथा जिल्ला एवं नगर अधिवेशन सोमवार भएको छ । अधिवेशनले पुरुषोत्तम ढकालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामहरी शर्मा ढकाल, सचिवमा आनन्द ढकाल, कोषाध्यक्षमा विश्वनाथ ढकाल चयन भएका छन । त्यस्तै समितिको सदस्यहरुमा बालमुकुन्द ढकाल, नानु ढकाल, युवराज ढकाल,राम कुमार ढकाल,भगवान ढकाल चयन भएका हुन् ।

त्यस्तै किशोर चन्द ढकालको अध्यक्षतामा ढकाल समाज प्रतिष्ठान हेटौंडा नगर कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा आरती ढकाल, सचिवमा लेखनाथ ढकाल, कोषाध्यक्षमा सरोज ढकाल चयन भएका छन् । कमिटीको सदस्यहरुमा क्रमशः अर्जुन ढकाल, सागर ढकाल,राजन ढकाल, राजेन्द्र ढकाल, रेखा ढकाल र सिताराम ढकाल चयन भएका छन ।

ढकाल समाज प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष जगन्नाथ ढकालको प्रमुख आतिथ्यता एवं केन्द्रीय महासचिव दामोदर ढकालको बिशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।