हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले उँधौली प्रकृतिसंग रमाउने विशेषताको पर्व रहेको बताएा छन । किराँत समुदायमा मंगलबार मनाइँदै गरिएको उँधौली पर्वका सन्दर्भमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले हाम्रो देशका आदिवासी जनजातिहरु प्रकृतिसंग जीवनका हरेक पक्षहरुसंग एकाकार हुँदै आएको कुरा सर्वविदितै भएको बताए । प्रकृतिसंग रमाउने विशेषताको एक पक्ष उँधौली पर्व भएको शर्माको जोड छ । यो पर्वले विश्वसामु पहिचान बनेको उल्लेख गर्दै प्रमुख शर्माले भने, ‘आफ्नै मौलिक सभ्यता तथा संस्कृति रहेको किराँतहरूको यस महान् पर्वले विश्व सामु हाम्रो पहिचान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’

हाम्रो परम्परा, भेषभुषा, चालचलन,चाडपर्व एवं संस्कृतिमा विविधता रहेको भन्दै प्रमुख शर्माले यही विविधताका कारण विभिन्न समुदायमा छरिएका हामीहरुबीच आपसी सद्भाव,सहिष्णुता, भातृत्व तथा एकता कायम रहेको उल्लेख गरे । यस पर्वले आपसी मेलमिलाप,सद्भाव र सहिष्णुता अभिवृद्घि गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको प्रमुख शर्माको सन्देशमा उल्लेख छ ।