हेटौंडा । मकवानपुरको हेटौंडा–९ मयूरधापमा रहेको मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आश्रममा आश्रित १९ बर्षीय पुजा मानव र २५ बर्षीय अमित विश्वकर्माको मृत्यु भएको हो ।

पुजालाई बाग्लुङको सडकबाट र अमितलाई मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुँडेको सडकबाट उद्धार गरी आश्रमका ल्याईएको थियो । उनीहरुको मृत्यु बास्तबिक कारण खुलाईएको छैन ।

प्रहरीका अनुसार पुजाको पुस ९ गते र अमितको पुस १२ गते मृत्यु भएको हो । मानव सेवा आश्रमका अनुसार दुबैजनाको कालगतीले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।