हेटौंडा । सव डिभिजन वन कार्यालय, हेटौंडाको आयोजनामा शुक्रवार हेटांैडाको रातोमाटेमा एक दिने सहभागितामुलक योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हो ।

सामुदायिक वनले गर्ने विभिन्न कार्यक्रमहरु कसरी तैयार गर्ने भन्ने विषयमा जानकारी दिन गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा योजना बनाउने तरीका, बजेट बाडफाँड, विभिन्न निकायहरुमा सहयोग माग गर्ने विधि, प्रक्रियाको बारेमा जानकारी गराईएको थियो ।
गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौडाकी बन अधिकृत सविना रिजाल, आश्मा सुवेदी, फरेष्टर यदु कुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय हेटौडा बाट सव डिभिजन वन कार्यालय, फापरबारीमा सरुवा हुनु भएका रामचन्द्र श्रेष्ठलाई विदाई गरिएको थियो । यसैगरि सव डिभिजन वन कार्यालय हर्नामाडीबाट हेटौडामा सरुवा भई आउनु भएकी सविना रिजाललाई स्वागत गरिएको थियो ।

गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौडा अन्तरगत रहेका विभिन्न सामुदायिक वनका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।