हेटौडा । सातै प्रदेशका मुख्यमन्त्रीहरु बसेर हेटौंडामा गरिएको नौ बुँदे निर्णय आज प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई साछी राखेर प्रधानमन्त्रीलाई हिजो हेटौंडामा तयार पारिएको साझा अबधारणापत्र बुझाएका हुन् ।

पहिले पोखरामा भएको मुख्यमन्त्रीहरुको निर्णय पनि कार्यान्वयन नभएको र अहिलेको यो नौ बुँदे साझा अबधारणपत्र पनि कार्यान्वयन गर्नका लागि मुख्यमन्त्रीहरुले माग गरेका छन् । हिजोनै प्रधानमन्त्रीलाई भेट्नका लागि काठमाण्डौं गएका मुख्यमन्त्रीहरुले आज बिहान प्रधानमन्त्रीलाई भेटेर आफ्ना प्रदेशका सबै समस्याहरु सुझाएका छन् ।

सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।