हेटौंडा । पालुङ जेसीज बर्ष २०२४ को अध्यक्ष निरज रायमाझी निर्वाचित भएका छन् ।

शनिबार अध्यक्ष पदको लागि भएको निर्वाचनमा रायमाझीले ६५ मत ल्याई निर्वाचित भएको निर्वाचन आयुक्त जयराम खत्रीले जानकारी दिए । अध्यक्ष पदका अर्का प्रत्यासी माधब कार्कीले २३ मत ल्याएर पराजित भए ।

दुईजना कार्यकारिणी उपाध्यक्ष पदमा मान सिं दोङ र नारायण तामाङका साथै ४ जना उपाध्यक्ष पदमा स्मिता बिष्ट, बिराज थापा, नारायण कार्की र बिस्मिता गोपाली निर्विरोध निर्वाचित भए । एकसय सात मतदाता रहेको पालुङ जेसीजमा ९२ मत खसेको थियो ।