हेटौंडा । श्री तिरुपति बालाजी दिव्यधामको शनिवार भएको प्रथम साधारण सभाले प्रकाश न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा हयग्रीव आचार्य, विमला देवी सापकोटा, कोषाध्यक्षमा अंकिता सुमार्गी, सचिवमा यदुनाथ सुवेदी चयन भएका छन । त्यस्तै समितिको सदस्यहरुमा क्रमशः रामहरी सापकोटा, रामप्रसाद घिमिरे, रमेश घिमिरे, वासुदेव तिमल्सेना र मन्दिरा फुँयाल रहेका छन ।

हेटौंडा उपमहानगरपालिका उप मेयर राजेश बानियाको प्रमुख आतिथ्यता एवं दिव्यधामका अध्यक्ष प्रकाश न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो । कार्यक्रममा श्री बैष्णव परिषद् नेपालका उपाधयक्ष कृष्ण प्रसन्न गौतम, बैष्णव परिषदका केद्रीय सदस्य टिकाराम कँडेल, लक्ष्मी नारायण मन्दिर हेटांैडा–५ का मठाधिस रामानुज वाग्ले लगायतकाको सहभागिता रहेको थियो ।

त्यस्तै संयम मिडिया प्रालिद्वारा संचालित हेटौंडा टुडे डटकमका सन्चालक मनोज देवकोटा “देवकोटा कान्छो” सम्मानित भएका छन् । लामो समयदेखि पत्रकारीतामा सक्रिय देवकोटालाई प्रचार प्रसारमा सहयोग गरेको भन्दै सम्मानित गरिएको हो ।