हेटौंडा । मकवानपुरगढी जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा विजय पुडासैनी सर्वसम्मत चयन भएका छन् । शुक्रबार मकवानपुरगढी जेसीजको प्रथम साधारणसभाबाट पुडासैनी सर्वसम्मत चुनिएका हुन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सुनिल सुवेदी र सुनिल बहादुर पाख्रिन चुनिएका छन् । उपाध्यक्षमा रोहित पुडासैनी, प्रवेश सापकोटा, भरतमोहन देवकोटा र मनोज देवकोटा चयन भएका छन् ।

कूल १५ जनाको कार्यसमितिमा बाँकी ८ जना अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको निर्वाचन आयुक्त अन्जनी पराजुलीले जानकारी दिए ।
कार्यक्रममा नेपाल जेसीजका महासचिव सरोज अधिकारी, मकवानपुरगढी जेसीजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष पुडासैनीले शिक्षा, स्वास्थ्य एवम् अटो मोबाइलको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । उनले समाजमा मिलनसार, सहयोगी एवम् समाजसेवीको रुपमा आफ्नो छवि स्थापित गराएका छन् ।