हेटौंडा । हेटौंडा–१७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत पुष्पराज बत्र्तौलाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रमेश कुमार राईको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा समूहका अध्यक्ष राईले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष सरस्वती पुडासैनीले आर्थिक वर्ष ०८०-०८१ को लागि ६१ लाखको अनुमानित आयब्यय विवरण र लेखा संयोजक हिरामणी घिमिरेले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा वनडढेलो नियन्त्रणमा सहयोग गर्ने रन्जन मानन्धर, अनमोल न्यौपाने, निरञ्जन चौलागाई र एसईइमा उत्कृष्ट अंक हासिल गर्ने सन्जना खड्का र तारा बहादुर मानन्धरलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा सव डिभिजन वन कार्यालय, हर्नामाडीका वन अधिकृत पूर्ण प्रसाद पोखरेल,समूहका संस्थापक अध्यक्ष कृष्ण प्रसाद नेपाल, निवर्तमान अध्यक्ष बलराम अधिकारी ,चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, राजदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन न्यौपाने, राजदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिना, राजदेवी मावि ब्यवस्थापन समिति अध्यक्ष डेकराज धमला, जोरधारा टोल विकास संस्था अध्यक्ष भीमप्रसाद अधिकारी, राजदेवी माविका पूर्व प्रअ सानुकाजी पाण्डे, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।