हेटौंडा । प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’को चुनौती र सम्भावना विषयक दुईदिने कार्यशाला शुक्रवारबाट हेटौंडामा सुरु भएको छ ।

कार्यशालाको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले समय सापेक्ष रुपमा पत्रकारहरुले पनि आफूलाई तिखार्न जरुरी रहेको बताए । अब यो वा उ संगठन भनेर लाग्नु भन्दा पनि व्यावसायीक पत्रकारिता गर्नमा उनको जोड छ । यो कार्यशालाबाट डिजिटल पत्रकारिताका बारेमा केही न केही सिक्नका लागि आग्रह समेत गरे । पहिले एउटा समाचार सुन्नका लागि दुइ दिन लाग्ने भएपनि अहिले तत्काल सुन्न र हेर्न पाइने अवस्था रहेको उनले बताए ।

कार्यशालामा मुख्य प्रशिक्षकका रुपमा बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष धु्रव अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकास दाहाल, पूर्वकेन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो । चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुष्पराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Visited 30 times, 1 visit(s) today