हेटौंडा । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको ३४ औं स्थापना दिवसको अवसरमा मंगलवार हेटौंडामा आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन ।

हेटौंडा उपमहानगरपालिका उप मेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवं श्रीकृष्ण प्रणमी युवा परिषद् मकवानपुर अध्यक्ष शिवप्रसाद खतिवडाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा–१७ का वडाअध्यक्ष उदव सत्याल, राजन केसी, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष रामकृष्ण तिवारी, श्रीकृष्ण प्रणामी युवापरिषद्का पूर्व केन्द्रीय अध्यक्ष राम प्रसाद शर्मा, केन्द्रीय सदस्य अर्जुन प्रसाद वाग्ले, युवा परिषद केन्द्रीय सदस्य ईश्वर खतिवडा, युवा परिषद् प्र्रदेस उपाध्यक्ष जयप्रकास घिमिरे, केदार चौलागाई कार्यक्रम संयोजक अजय सापकोटा लगायतकाको उपस्थिती रहेको थियो ।

परिषद्ले स्थापनाकालदेखि सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान गर्दै आएको प्रकाशराज वाग्लेले जानकारी दिए ।