हेटौंडा । हेटौडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत, शिव सापकोटाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै अधिकृत सापकोटाले सामुदायिक वनले वनको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै सामुदायिक वनले उपभोक्ताहरुको आर्थिक स्थितिमा सुधार ल्याउन सकारात्मक काम गरेको बताए । सामुदायिक वनले पर्यापर्यटन र संस्थागत विकास गर्नु पर्नेमा जोड दिदै वहाले अव सामुदायिक वनले आर्थिक उपार्जनको क्षेत्रमा समेत काम गर्नु पर्ने बताए ।

कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, सव डिभिजन बन कार्यालय, हर्नामाडीका प्रमुख दीपक पुडासैनी, समूहका सल्लाहकार उदय बिडारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुरेकालीलेक सामुदायिक वनका अध्यक्ष सीताराम न्यौपाने, घयाम्पे सामुदायिक वनकी अध्यक्ष दुर्गा महत, चिसापानी सामुदायिक वनका अध्यक्ष नारायण ढकाल, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी, समूहकी उपाध्यक्ष कल्पना पराजुली, कार्यालय सचिव केदार प्रसाद गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

२ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा १ हजार ५० घरधुरी रहेको सदस्य शिव प्रसाद गौतमले बताए । यो समूह जिल्लामा पहिलो हस्तान्तरित सामुदायिक वन हो ।

Visited 185 times, 1 visit(s) today
भीमसेन पौडेल
थप जानकारी