हेटौंडा । हेटौंडा–११ भैरवडाँडा डाङडुङ्गे हुँदै पाथिभरा मन्दिर जाँदै गरेका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बिहान ९ बजेर २५ मिनेटमा हेटौँडा–११ डाङडुङे हुँदै पाथिभरा मन्दिर तर्फ जाँदै गरेका अन्दाजी ३५ वर्षीय एक युवकको पाथिभरा मन्दिर नजिक भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भीरबाट लडेर घाइते भएका युवको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको मकवानपुुर प्रहरीले जनाइएको छ । शवको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । मृतक युवकको शव हेटांैडा अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।