हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ११ नवलपुरमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

शुक्रबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक बेबारिसे अवस्थामा भर्खरै जन्मेको जस्तो देखिने शिशु (छोरी) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।