हेटौंडा । हेटौंडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभूत विद्यालयको ४८ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।

हेटौंडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रमेश कुमार पराजुलीको सभाध्यक्षतामा अभिभावक भेला भएको हो । भेलामा विद्यालयकी प्रधानाध्यापक प्रमिला घिमिरेले शैक्षिक प्रतिवेदन र शिक्षक पुरुषोतम घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

भेलामा विद्यालयको समग्र शैक्षिक क्षेत्रमा सहयोग गर्ने लायन्स क्लब अफ हेटांैडा, भुटनदेवी बजार, विष्णुप्रसाद सिग्देल लगायतकालाई प्रमाण्पत्र सहित सम्मान गरिएको थियो । भेलामा चुच्चेखोलाको शैक्षिक गहनाको रुपमा रहेको विद्यालयलाई सबैको सहयोग र साथका साथ अगाडी बढाउनु पर्नेमा अभिभावकहरुले जोड दिएका थिए ।

भेलामा हेटौंडा–१७ का वडा सदस्य नवराज न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, प्रगतिशिल महिला आपसी विकास संस्थाकी अध्यक्ष बनारसी उप्रेती, श्रीकृष्ण आधारभूत विद्यालयकी प्रधानाध्यापक मन्दिरा घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज तिमल्सिना, सल्लाहकार रोशन घिमिरे, सञ्चारकर्मी भीमसेन पौडेल, अभिभावक,स्थानीय लगायतको सहभागिता थियो ।

Visited 85 times, 1 visit(s) today